काठमाडौं । चालू आर्थिक वर्ष (आव)को आठ महीनासम्म २० ओटा वाणिज्य बैंकले रू. ४२ अर्ब ३० भन्दा बढी नाफा कमाएका छन् ।
चालू आवको फागुन मसान्तसम्म सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । नबिलले उक्त अवधिमा रू. ४ अर्ब ७२ करोड नाफा कमाएको हो ।
उक्त अवधिमा सर्वाधिक नाफा कमाउनेको सूचीमा दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक छ । यस बैंकले चालू आवको ८ महीनामा रू. ३ अर्ब ४३ करोड नाफा कमाएको हो । उक्त अवधिमा ६ बैंकको नाफा २ अर्बभन्दा बढी छ ।
समीक्षा अवधिमा प्राइम कर्मशियलले फागुन मसान्तसम्ममा रू. २ अर्ब ८८ करोड नाफा कमाएको हो । त्यस्तै स्ट्याण्डर्ड चार्टर्डले रू. २ अर्ब ८ करोड, एभरेष्टले रू. २ अर्ब २९ करोड, एनआईसी एशियाले रू. २ अर्ब ५४ करोड, नेपाल इन्भेष्टमेण्ट मेगाले २ अर्ब ८० करोड र राष्ट्रिय वाणिज्यले रू. २ अर्ब ८७ करोडभन्दा बढी नाफा कमाएका हुन् ।
त्यस्तै कृषि विकासले रू. १ अर्ब ९७ करोडभन्दा बढी नाफा कमाएको छ । वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम नाफा नेपाल एसबिआईको रू. १ अर्ब छ । त्यस्तै माछापुच्छ्रेको नाफा रू. १ अर्ब १६ करोड नाफा कमाएको छ ।
उक्त अवधिमा हिमालयनले रू. १ अर्ब ९४ करोड, एनएमबिले रू. १ अर्ब ९७ करोड, एनएमबिले रू. १ अर्ब ९२ करोड, लक्ष्मी सनराइजले रू. १ अर्ब ८२ करोड, सिद्धार्थले रू. १ अर्ब ६९ करोड, सानिमाले रू. १ अर्ब ६६ करोड, प्रभुले रू. १ अर्ब ५१ करोड, नेपाल बैंकले रू. १ अर्ब २८ करोड र सिटिजन्स बैंक इन्टरनेशनलले रू. १ अर्ब २२ करोड नाफा आर्जन गरेको छ ।
कुनको कति ?
बैंकको नाम |
फागुनसम्मको नाफा रू= दश लाखमा |
नबिल बैंक | 4,724.21 |
ग्लोबल आइएमई बैंक | 3,433.09 |
प्राइम कमर्शियल बैंक | 2,887.80 |
राष्ट्रिय वाणिज्य बैंक | 2,877.66 |
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक | 2,804.53 |
एनआईसी एशिया बैंक | 2,542.44 |
एभरेष्ट बैंक | 2,293.47 |
स्ट्याण्डर्ड चार्टर्ड बैंक | 2,089.67 |
कृषि विकास बैंक | 1,976.76 |
हिमालयन बैंक | 1,948.36 |
एनएमबि बैंक | 1,925.28 |
लक्ष्मी सनराइज बैंक | 1,820.68 |
सिद्धार्थ बैंक | 1,696.54 |
सानिमा बैंक | 1,664.82 |
प्रभु बैंक | 1,514.58 |
कुमारी बैंक | 1,424.67 |
नेपाल बैंक | 1,282.95 |
सिटीजन बैंक इन्टरनेशनल | 1,226.53 |
माछापुच्छ्रे बैंक | 1,164.84 |
नेपाल एसबिआई बैंक | 1,008.02 |
कुल नाफा | 42,306.92 |