काठमाडौं । आइतवार नेप्से परिसूचक शून्य दशमलव ३९ प्रतिशत अर्थात् १० दशमलव ४१ अंकले घटेर बन्द भएको छ । २ हजार ६५६ दशमलव ७५ विन्दुदेखि खुला भएको बजार २ हजार ६६२ दशमलव ३६ विन्दुसम्म पुगेको थियो भने २ हजार ६३८ दशमलव ३६ विन्दुसम्म झरेको थियो । अन्तिममा बजार २ हजार ६४३ दशमलव ९३ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबार दिन बिहीवार पनि बजार घटेको थियो ।
यो दिन समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक घटे पनि पाँच कम्पनीको शेयर मूल्य उच्च दरमा बढेको छ । उपकार लघुवित्त र माथिल्लो मैलुङखोला जलविद्युतको शेयरमूल्य यो दिन १० प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ९ दशमलव ८८ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको ९ दशमलव ६८ प्रतिशत र १० प्रतिशत नबिल डिबेञ्चर २०८२ को मूल्य ९ दशमलव ६७ प्रतिशत बढेको छ ।
यस दिन बोटलर्स नेपाल (बालालु), ११ प्रतिशत एनआईसी एशिया डिबेञ्चर ०८२/८३, दोल्ती पावर र जानकी फाइनान्सको धितोपत्र मूल्य १० प्रतिशत घटेको छ भने धौलागिरी लघुवित्तको ९ दशमलव ९२ प्रतिशत घटेको छ ।
आइतवार वित्त समूहका लगानीकर्ताले सर्वाधिक गुमाएको देखिन्छ । परिसूचकमा आएको कमीका आधारमा वित्त समूहका लगानीकर्ताले सर्वाधिक गुमाएको देखिएको हो । वित्त समूहको परिसूचक आइतवार ४ दशमलव ७६ प्रतिशत घटेको छ ।
वित्तसँगै यस दिन बैंकिङको शून्य दशमलव ८९ प्रतिशत, होटल तथा पर्यटनको शून्य दशमलव ३५ प्रतिशत, लगानीको शून्य दशमलव ६२ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ६६ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ६७ प्रतिशत र व्यापारिकको शून्य दशमलव ७५ प्रतिशत परिसूचक घटेको छ ।
यो दिन विकास बैंकको शून्य दशमलव ५९ प्रतिशत परिसूचक बढेको छ भने जलविद्युतको शून्य दशमलव ५४ प्रतिशत, लघुवित्तको शून्य दशमलव ७५ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ४८ प्रतिशत र अन्यको शून्य दशमलव शून्य ३ प्रतिशत परिसूचक बढेको छ ।
आइतवारको कारोबारमा ११६ कम्पनीको धितोपत्र मूल्य बढेको र १२१ कम्पनीको धितोपत्र मूल्य घटेको जानकारी नेप्सेले दिएको छ । यो दिन ६ कम्पनीको धितोपत्र मूल्य भने स्थिर रहेको भनाइ नेप्सेको छ ।
नेप्से परिसूचक घटेको यो दिन कारोबार रकम भने ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार रुपैयाँभन्दा बढी भएको छ । उल्लेखित रकम बराबरको १ करोड ५७ लाख २० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको नेप्सेको तथ्यांकले पुष्टि गरेको छ ।
कुल कारोबार रकममा सर्वाधिक हिस्सा सप्तकोशी डेभलपमेन्ट बैंकले ओगटेको छ । यो दिन सप्तकोशी डेभलपमेन्ट बैंकको ३९ करोड ५३ लाख रुपैयाँभन्दा बढीको २ लाख ७७ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो ।
सर्वाधिक रकमको कारोबार भएको यस कम्पनीको शेयर मूल्य ६ दशमलव ३३ प्रतिशत अर्थात् प्रतिकित्ता ९५ रुपैयाँले बढेर अन्तिम मूल्य १ हजार ५९५ रुपैयाँ कायम भएको छ ।
आइतवार कुल बजार पूँजीकरण ४३ खर्ब ८५ अर्ब ४९ करोड १४ लाख रुपैयाँ कायम भएको छ । गत बिहीवार कुल बजार पूँजीकरण ४४ खर्ब २ अर्ब ७६ करोड ६७ लाख रुपैयाँ कायम थियो । अघिल्लो कारोबार दिनको तुलनामा आइतवार कुल बजार पूँजीकरण १७ अर्ब २७ करोड ५२ लाख रुपैयाँभन्दा बढीले घटेको हो ।