वैशाख २३, काठमाडौं । रैराङ हाइड्रोपावर कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले रू. ५ करोड ४९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ४२ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू.३ करोड ५ लाख नाफा कमाएको थियो ।
चालू आवमा कम्पनीको विद्युत् विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । चालू आवमा कम्पनीले रैराङ खोलाको विद्युत् विक्री बापत रू. ४५ लाख ८३ हजार आम्दानी गरेको छ ।
त्यसैगरी इवाखोलाबाट रू. २० करोड ५ लाख विद्युत् विक्री बापत आम्दानी गरेको हो ।यसरी कम्पनीको कुल आम्दानी गत आवको तुलनामा चालू आवमा २० दशमलव १ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीको कूल आम्दानी रू. १७ करोड २ लाख भएकोमा चालू आवमा बढेर रू. २० करोड ५६ लाख पुगेको हो ।
कम्पनीको चुक्तापूँजी रू. ५६ करोड रहेको छ भने जगेडामा रू. ५ करोड ७८ लाख सञ्चित गरेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू.१३ दशमलव शून्य ९(वार्षिक), मूल्य आम्दानी अनुपात ४३ गुणा, तरलता अनुपात शून्य दशमलव ६९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव ३४ रहेको छ ।