काठमाडौं । चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमाससम्म चन्द्रागिरी हिल्स लिमिटेडले १० करोड ७९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा करीब ३९ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ७ करोड ७७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्षको तुलनामा यस वर्ष कम्पनीको सञ्चालनबाट हुने आम्दानी बढेसँगै नाफा बढ्न सहयोग मिलेको हो । गत वर्ष ६२ करोड ९० लाख रुपैयाँभन्दा बढी सञ्चालनबाट आम्दानी गरेको कम्पनीले यस वर्ष ६९ करोड ७३ लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ छ ।
कम्पनीको जगेडा कोष रकम १२ करोड २२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । यस्तै, कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ३८ पैसा छ भने प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ३ पैसा छ ।