काठमाडौं। दशैं, तिहार तथा छठ पर्वका अवसरमा आइएमई पेले ‘आइएमई पे डिजिटल दशैं तिहार २०८१’ योजना सार्वजनिक गरेको छ । असोज १७ देखि कात्तिक २२ गतेसम्म लागू हुने यस योजनाअन्तर्गत सेवाग्राहीले आइएमई पेमार्फत गर्ने करोबारमा एक मेगा बम्पर उपहार, पाँच बम्पर उपहार, १० साप्ताहिक उपहार र ३६ दैनिक उपहार जित्न सक्ने बताइएको छ ।
मेगा बम्परमा पल्सरको एनएस २०० बाइक, बम्परमा आइफोन १६, फ्रिज, वाशिङ मेशिन, टिभी, वान प्लस प्याड, साप्ताहिकमा सिएमएफको वाच प्रो टु र दैनिकमा अल्टिमाको इयरबड्स पुरस्कार रहेका छन् । साथै सेवाग्राहीले आइएमई पे एपमा कुनै पनि बैंकको खाता लिंक गरेको अवस्थामा यी पुरस्कार जित्ने डबल मौका पनि पाउने बताइएको छ । पुरस्कारका विजेताको घोषणा आइएमई पेको सामाजिक सञ्जालमार्फत हुनेछ । दैनिक तथा साप्ताहिक पुरस्कार बाहेकका सम्पूर्ण विजेताले अभियान अवधिको अन्त्यमा मात्रै उपहारहरू प्राप्त गर्ने बताइएको छ ।