काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई लुम्बिनी केबलकारको टिकट खरीदमा २० प्रतिशत छूट प्राप्त हुने भएको छ ।
आईएमई लाइफ र लुम्बिनी केबलकारबीच सम्पन्न सम्झौताबाट उक्त सुविधा आदानप्रदान गर्ने समझदारी भएको हो । उक्त छूट सुविधा प्राप्त गर्न कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको बीमालेख देखाइ छूट सुविधा लिन सक्नेछन् भने अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गर्नुपर्नेछ ।
यस किसिमको सहकार्यले कम्पनीको व्यावसायिक सम्बन्धमा प्रभावकारिता ल्याउन सहयोग पुग्नुका साथै बीमित, अभिकर्ता तथा कर्मचारीलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
छूट सुविधा लिन लुम्बिनी केबलकारको टिकट काउन्टरमा गई टिकट खरीद गर्नु पर्ने बताइएको छ । भविष्यमा उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज र स्तरीय बनाउँदै लैजाने बताएको छ ।