काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुशिला रोकालाई ‘सरल सावधिक जीवन बीमा योजना’को प्रडक्ट एम्बासडर (सद्भावनादूत) २०२५ घोषणा गरेको छ । रोका कम्पनीको मासिक स्किमअन्तर्गत देशभरका अभिकर्तामध्येबाट उत्कृष्ट व्यवसाय गरी योजनाको सद्भावनादूत बनेको बताइएको छ । एक कार्यक्रमबीच कम्पनीले उनको ब्यानर र प्रचार सामग्री अनावरण गरेको छ ।
यसले अभिकर्तामाझ स्वस्थ प्रतिस्पर्धाका साथै थप प्रतिबद्ध भई कामगर्न प्रेरणा प्रदान गर्ने कम्पनीको विश्वास छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले कम्पनीले आफ्ना अभिकर्तालाई बीमा सेवाको ज्ञान, दक्षता र व्यक्तित्व विकास गर्दै बीमितलाई सरल, सहज र स्तरीय सेवा दिने कम्पनीको उद्देश्य रहेको बताए ।