काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ लाख ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । मंगलवारदेखि कम्पनीले विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, नारायणचौर, नक्सालमा आवेदन पेस गर्न सक्नेछन् । तोकिएको अवधिभित्र विद्यमान संस्थाफक शेयरधनीमा यी शेयर विक्री हुन नसकेमा अन्य व्यक्ति तथा संस्थामा दोस्रो चरणमा विक्री प्रक्रिया अघि बढाइने जानकारी कम्पनीले दिएको छ ।