काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘आरबीबी रिक्वेस्ट रेमिट’ शुरू गरेको छ । आफ्नो वेबसाइट, मोबाइल बैंकिङ (डिजिटल संसार) तथा इन्टरनेट बैंकिङको पोर्टलमा रहेको आरबीबी रिक्वेस्ट रेमिटबाट सजिलै रेमिट गर्ने सुविधा बैंकले ल्याएको हो ।
विश्वको जुनसुकै देशमा बस्ने व्यक्तिले एक क्लिकमा नेपालमा रेमिट्यान्स पठाउन सकिने बैंकको भनाइ छ । नेपालमा बस्ने व्यक्तिले पनि विदेशमा बस्ने आफन्तलाई रकमका लागि यो पोर्टलमार्फत अनुरोध गर्न सक्ने बताइएको छ । यसरी रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने र रेमिट्यान्स पठाएको केही मिनेटमै नेपालमा रहेको कुनै पनि बैंक खातामा रकम डिपोजिट हुने बैंकको भनाइ छ ।
राष्ट्रिय वाणिज्य बैंक र ललित मनि ट्रान्सफरको सहकार्यमा यस्तो सुविधाको व्यवस्था भएको हो । ललित मनि ट्रान्सफरको विदेशी साझेदारी अनलिमिटेड रेमिटसँग रहेको बताइएको छ ।