काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संंस्था लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीले गत अर्थिक वर्षको को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले वित्तीय संस्थाको २०७९ को असार मसान्तसम्मको वासलात, नाफा नाफा नोक्सान हिसाब तथा नगद प्रवाहलगायतका वित्तीय विवरणहरूमाथि छलफल गरी स्वीकृत गरेकोले सोको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट गत वर्ष २१ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।