काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापकतर्फको शेयर स्वामित्व ९ प्रतिशतले घटाउने भएको छ । कम्पनीले हाल कायम संस्थापकतर्फको ६० प्रतिशत शेयर स्वामित्व घटाएर ५१ प्रतिशत कायम गर्न लागेको हो । यसका लागि कम्पनीले प्रक्रिया अघि बढाएकाले सम्बन्धित शेयरधनीहरुले आगामी २१ गतेभित्र आफ्नो स्वामित्वको शेयर परिवर्तन नगर्ने भएमा लिखित रुपमा निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र कम्पनीको केन्द्रीय कार्यालय न्यूरोड, कास्कीमा निवेदन पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको हो । तोकिएको अवधिभित्र लिखित निवेदन प्राप्त नभएमा आफ्नो स्वामित्वको शेयर सर्वसाधारण समूहमा परिवर्तन गर्न मञ्जुर रहेको मानी सोहीबमोजिम प्रक्रिया अघि बढाईने जानकारी कम्पनीले दिएको छ ।