काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड १ करोड ९५ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्षको यसै अवधिमा कम्पनी २ करोड ७८ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो । यस वर्ष कम्पनीले खुद नोक्सानी ८३ लाख ४८ हजार रुपैयाँले घटाएको हो ।
यस वर्ष कम्पनीको विद्युत् विक्री आम्दानी सामान्य बढेको छ । गत वर्ष ४ करोड ३० लाख रुपैयाँभन्दा बढी रहेको विद्युत् विक्री आम्दानी यस वर्ष ४ करोड ३१ लाख रुपैयाँभन्दा बढी रहेको छ । यस वर्ष कम्पनीको वित्तीय खर्च घट्दा खुद नोक्सानी घट्न पुगेको हो । गत वर्ष यस अवधिसम्म ४ करोड ३७ लाख रुपैयाँभन्दा बढी रहेको वित्तीय खर्च यस वर्ष ३ करोड ४० लाख रुपैयाँभन्दा बढी मात्र भएको हो ।
५४ करोड ४० लाख ५३ हजार रुपैयाँ चुक्तापूँजी रहेको यस कम्पनीको जगेडा कोष रकम भने २७ करोड १६ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । दीर्घकालीन कर्जा ५२ करोड ५५ लाख रुपैयाँ रहेको कम्पनीको अल्पकालीन कर्जा भने १ करोड ७७ लाख रुपैयाँ छ । ३ रुपैयाँ ५९ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ५० रुपैयाँ ७ पैसा छ ।