काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म दोल्ती पावर कम्पनी लिमिटेडले ६ करोड ९५ लाख रुपैयाँभन्दा बढीको विद्युत विक्री गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ६ करोड ८५ लाख रुपैयाँभन्दा बढीको विद्युत् विक्री गरेको थियो । यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी १० लाख रुपैयाँ बढी भएको हो । यो अवधिसम्म कम्पनी १ करोड ३३ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । तर गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नोक्सानी घटेको हो । गत वर्ष यही अवधिसम्म कम्पनी ३ करोड २३ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो ।
यस वर्ष कम्पनीको वित्तीय खर्च घटेकाले खुद नोक्सानी घट्न पुगेको हो । गत वर्ष ६ करोड ९ लाख रुपैयाँभन्दा बढी रहेको वित्तीय खर्च यस वर्ष ४ करोड ४६ लाख रुपैयाँमात्र भएको छ । ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष रकम भने २० करोड ९४ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । अल्पकालीन कर्जा २ करोड रुपैयाँ रहेको कम्पनीको दीर्घकालीन कर्जा भने ६८ करोड १२ लाख रुपैयाँभन्दा बढी रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनी २ रुपैयाँ ४९ पैसा प्रतिशेयर नोक्सानीमा रहेको छ भने प्रतिशेयर नेटवर्थ ६० रुपैयाँ ९६ पैसा छ ।