काठमाडौं । आर्थिक अभियान दैनिकका संवाददाता प्रशान्त खड्कासहित ६ जनाले कोदोबारेको समाचार लेखन पुरस्कार–२०८१ पाउने भएका छन् ।
राष्ट्रिय कृषक समूह महासंघ र एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्ट (अनाज)ले कोदो दिवस (साउन १५ गते)का अवसरमा उक्त पुरस्कार पाउनेको नाम घोषणा गरेको हो ।
जसअन्तर्गत सर्वोत्कृष्ट पुरस्कार हिमालय टाइम्सका लेखनाथ पोखरेलले पाएका छन् भने उत्कृष्ट पुरस्कार अन्नपूर्ण पोस्टकी ममता थापा र उज्यालो रेडियो नेटवर्कका मदन पौड्याललाई दिइएको छ ।
अन्य पुरस्कृत हुनेहरूमा खड्कासहित रातोपाटी अनलाइनकी सरिता थारू र टक्सार म्याग्जिनका रवि थापा छन् ।
अनाजले कोदो बहसको शृङ्खलाका रूपमा कार्यक्रम गरेर पुरस्कार वितरण गर्ने जनाएको छ ।