काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले असोज २९ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । असोज २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौं सिंहदरवारस्थित राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा उक्त दिन अपराह्न ४ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभामा गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारितका लागि पेस गरिनेछन् । साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । यस्तै सभामा करसमेत १३ दशमलव १६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारितका लागि पेस गरिनेछ ।