काठमाडौं । मादमे खोला हाइड्रोपावर लिमिटेडले तेस्रो वार्षिक साधारण सभा पुस २३ गते गर्ने भएको छ ।
सभा होटल हार्दिक बागबजार काठमाडौंमा दिनको २ बजे शुरु हुने कम्पनीले जनाएको छ ।
सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।