काठमाडौं । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड २ ले भदौ मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परल मूल्य ३७ करोड ७१ लाख रुपैयाँभन्दा बढी रहेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजार मूल्य भने ३७ करोड ४९ लाख रुपैयाँभन्दा बढी मात्र छ । भदौ मसान्तसम्म योजनाले बैंक मुद्दती निक्षेपमा गरेको लगानी १२ करोड ५० लाख रुपैयाँ छ ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले ८ करोड ४६ लाख ११ लाख ९२९ इकाई जारी गरेको थियो । साउन मसान्तसम्म १० रुपैयाँ ९ पैसा रहेको प्रतिइकाई खुद मूल्य भदौ मसान्तसम्म १० रुपैयाँ ९ पैसा छ । योजना भदौ मसान्तसम्म भने ४८ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा छ । साउनमा १४ लाख रुपैयाँभन्दा बढी खर्च गरेको योजनाले भदौमा २७ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ ।
साउनमा २१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाको भदौमा भने आम्दानी रकम २० लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।