काठमाडौं । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड २ ले फागुन मसान्तसम्म ९ करोड ५४ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ ।
माघ मसान्तसम्म ७ करोड ९ लाख रुपैयाँभन्दा बढी नाफा गरेको योजनाले पछिल्लो महीना २ करोड ४५ लाख रुपैयाँभन्दा बढी नाफा गरेको हो । फागुनमा योजनाले १० करोड ७४ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दा १ करोड १९ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ । माघ मसान्तसम्म योजनाले ८ करोड १४ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दा १ करोड ५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको हो ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना २०८० जेठ ८ गतेदेखि सञ्चालनमा रहेको छ । यस योजना सञ्चालनका लागि योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले ८ करोड ४६ लाख ११ हजार ९२९ इकाई जारी गरेको थियो । फागुन मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ ३५ पैसा छ । यो मूल्य माघ मसान्तसम्म ११ रुपैयाँ ६ पैसा थियो ।
धितोपत्र बजारमा लगानी गरी नाफा कमाउने प्रमुख उद्देश्यका साथ सञ्चालित यस योजनाले फागुन मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परल मूल्य ७२ करोड ९ लाख रुपैयाँ छ । बैंक मुद्दती निक्षेपमा ७ करोड रुपैयाँ लगानी गरेको योजनाको कुल लगानी मूल्य भने ८७ करोड १७ लाख रुपैयाँभन्दा बढी छ ।