काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको २० लाख १४ हजार २२७ दशमलव ५० कित्ता शेयरको 'लक-इन' फागुन ११ गतेपछि सकिने भएको छ ।
कम्पनीले शेयरको 'लक-इन' अवधि सकिनुभन्दा एक महीनाअघि सार्वजनिक रूपमा जानकारी दिनुपर्ने व्यवस्थाबमोजिम माघ १० गते सूचना जारी गरेको हो ।
साविक राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २०७८ फागुन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा जारी भएको आईपीओ कम्पनीले सोही वर्ष फागुन १२ गते बाँडफाँट गरेको थियो ।
कम्पनीको संस्थापकतर्फको १७ लाख ५० हजार कित्ता र कर्मचारीतर्फको १३ हजार कित्ता आईपीओ तीन वर्षसम्म कारोबार गर्न नसक्ने गरी रोक्का रहेको थियो ।
उक्त आईपीओ बमोजिम कम्पनीले वितरण गरेको बोनस शेयर संस्थापकतर्फ २ लाख ४९ हजार ३७५ कित्ता र कर्मचारीतर्फ १ हजार ८५२ गरी कायम शेयरको 'लक-इन' अवधि आगामी एक महीनापछि सकिन लागेको हो ।
'लक-इन' अवधि सकिएसँगै फागुन १२ गतेदेखि यी शेयर कारोबारयोग्य हुने जानकारी कम्पनीले दिएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड छ ।