काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट पूर्वस्वीकृति पाएको छ ।
सेबोनको असार ४ गतेको पत्रमार्फत आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्ने पूर्वस्वीकृति पाएको हो ।
राष्ट्र बैंकले जेठ २३ गते दुई कम्पनीबीचको प्राप्ति प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो । यसअघि यी दुवै कम्पनीले संयुक्त रूपमा प्राप्ति प्रक्रियामा सैद्धान्तिक सहमतिका लागि राष्ट्र बैंकमा निवेदन दिएका थिए ।
यी दुई कम्पनीबीच गत चैत २९ गते प्राप्ति प्रक्रिया अगाडि बढाउने प्रारम्भिक सम्झौता भएको थियो । दुवै कम्पनीका सञ्चालक समितिका अधिकारीहरूले प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्र हस्ताक्षर गरेका थिए ।