काठमाडौं । एसपिजि अटोमोबाइल्सले जेइको जेसिक्सको नयाँ प्रडक्ट सार्वजनिक गरेको छ । कम्पनीले गत हप्ता अनलाइन लाइभस्ट्रिममार्फत प्रडक्ट सार्वजनिक गरेको हो ।
ओमोडा एन्ड जेइको नेपालका देशीय निर्देशक सोङ ह्वाइफु चीनमा सञ्चालित सार्वजनिक कार्यक्रम उपस्थित थिए भने अनलाइनमार्फत शारडा ग्रुपका अतिथि, मिडिया तथा प्रभावशाली व्यक्तिहरूको उपस्थिति थियो ।
एसपिजि अटोमोबाइल्सले इलेक्ट्रिक अफ रोडर एसयुभी नाडा अटो सो २०२४ को अवसरमा सार्वजनिक गरेको थियो । हालै धुलिखेलस्थित डर्ट–टेम्पल अफ–रोड ट्रयाकमा सम्पन्न भएको ड्राइभिङ च्यालेन्जमा पनि जेइको जेसिक्सले आफूलाई उत्कृष्ट अफ–रोडर इलेक्ट्रिक एसयुभिको रूपमा स्थापित र प्रमाणित गरेको बताइएको छ । यसको २०० मिलिमिटरको पर्याप्त ग्राउन्ड क्लियरेन्सले अफ–रोडमा उत्कृष्ट प्रदर्शन गर्ने र चालकलाई आत्मविश्वास र सुरक्षाको अनुभूति दिलाउने बताइएको छ ।
जेइको जेसिक्स रगेड डिजाइन तथा व्यवहार–उपयोगी विशेषतासहित रहेको बताइएको छ । जेसिक्सको शक्तिशाली इलेक्ट्रिक इन्जिनले ६ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको एक्सेलेरेसन दिने कम्पनीको भनाइ छ । जे सिक्समा रहेको २ हजार ७१६ मिलिमिटरको ह्विलबेसले कठिन भूभाग तथा टाइट टर्निङका लागि उपयुक्त हुने बताइएको छ ।
यसको वायर हार्नेस कनेक्टर आइपी ‘सिक्सटी सेभेन’ रेटिङमा प्रमाणित रहेको र ब्याट्री ‘आइपिएक्स एट’ र ‘आइपिएक्स नाइन’ को रेटिङ प्रमाणित रहेको कम्पनीले जानकारी दिएको छ । जसले गर्दा ६०० मिलिमिटरको अधिकतम वाटर–वेडिङ डेप्थ प्रदान गर्ने र वेडिङ क्षमताले पानी, हिउँ, हिलो, ग्राभल वा जुनसुकै परिस्थितिमा पनि सहज ड्राइभिङ गर्न सकिने बताइएको छ । एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेड, ओमोडा इन्ड जेइको को. लिमिटेडको नेपालको आधिकारिक वितरक हो ।