काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा देशभरका ६ स्थानमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।
बैंकले काठमाडौंको कमलपोखरीस्थित केन्द्रीय कार्यालयसँगै विराटनगरस्थित कोशी प्रदेश कार्यालय, वीरगञ्जस्थित मधेश प्रदेश कार्यालय, पोखरास्थित गण्डकी प्रदेश कार्यालय, बुटवलस्थित लुम्बिनी प्रदेश कार्यालय र सुर्खेतस्थित कर्णाली प्रदेश कार्यालयमा उक्त कार्यक्रम सम्पन्न गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुकहरू गरी ३९२ जनाले रक्तदान गरेका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले मानव जीवन रक्षाको लागि अत्यावश्यक रगत संकलन गर्न कार्यक्रम आयोजना गरिएको बताए ।