काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले २०औं वार्षिक साधारण सभा पुस २७ गते आहवन गरेको छ । सभा बानेश्वर ब्योक्वेट थापागाउँ काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको हो ।
सभाले गत अर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
त्यस्तै, सभाले कम्पनीले नयाँ आयोजनाहरुको पहिचान,विकास,प्रवर्द्धन गर्न लगानी गर्ने तथा अन्य कम्पनीबाट समेत प्रवर्द्धन् भइ विकास तथा निर्माण भइरहेको जलविदुत आयोजनाहरुमा लगानी गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।