काठमाडौं । अप्पर स्याङ्गे हाइडोपावरले सातौं वार्षिक साधारण सभा पुस १७ गते आयोजना गरेको छ । सभा कुण्डलिनी दरबार ब्याक्वेट चप्पल कारखाना चोक काठमाडौंमा उक्त दिन बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको पनि निर्वाचन गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस २ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन पाउनेछन् ।