काठमाडौं । बुधवार अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू.१८३ दशलमव ६० मा झरेको छ ।
कम्पनीको शेयरमा खरीदकर्ता भन्दा विक्रेता धेरै भएकाले शेयर मूल्य घटेको हो । मार्केट डेप्थमा हेर्दा यो समचार तयार पर्दा सम्म कम्पनीको शेयरमा १२ लाख ४५२ किक्ता शेयर वित्री माग रहेको छ भने खरीद माग शून्य छ । आइतवार कम्पनीको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको थियो । सोही कारण पनि कम्पनीको शेयरमा विक्रेता हाबी भएको देखियो ।