काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का एशिया प्रशान्त क्षेत्रका उपनिर्देशक रुपा दत्तगुप्तबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटमा मा अन्तर्राष्ट्रिय मुद्रा कोषकी उपनिर्देशकले नेपालको अर्थतन्त्रमा सुधार भइरहेको आफूले पाएको बताएकी थिइन् । लगानी सहजीकरण कानूनमा भएको सुधार, राजस्व परिचालन रणनीतिको कार्यान्वयन र अर्थतन्त्रसँग सम्बन्धित विभिन्न सुझावको कार्यान्वयनबाट उत्साहित भएको बताएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
बैठकमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई मजबुत बनाउन सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको बताएका थिए ।