काठमाडौँ । प्रेसिडेन्ट विजिनेस ग्रुपअन्तर्गत प्रेसिडेन्ट होटल एयरपोर्टको १५औँ शाखा सञ्चालनमा आएको छ । सिनामङ्गलस्थित शम्भुमार्गमा निर्माण गरिएको उक्त होटलको नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी र होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले संयुक्त रूपमा उद्घाटन गरेका हुन ।
सो अवसरमा बोर्डका सिइओ जोशीले पर्यटनलाई उत्कृष्ट सेवा दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे । लगानी विस्तारसँगै आतिथ्यतामा गुणस्तरीय सेवा दिँदै आएको उनले बताए । होटल सङ्घका अध्यक्ष शाहले होटल पूर्वाधारको उपयोग गरी गुणस्तरीय सेवा प्रदान गर्न सबै लग्नुपर्ने बताए ।
विसं २०६२ देखि हस्पिटालिटी सेवा शुरू गरेको ग्रुपले १८ वर्षमा काठमाडौँ, चितवन, बुटवललगायत क्षेत्रमा यो सहित १५ आउटलेट विस्तार गरेको छ । ग्रुपले आगामी तीन वर्षभित्र १० मझौला र तारेहोटल खोलिने जनाइएको छ करिब चार सय जनालाई रोजगारी दिइनुका साथै परम्परागत परिकार, मौलिक खानाका परिकार प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।