काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले बाढीपहिरो पीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा रू. ५० लाख सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।
गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानका प्रभावितलाई राहतका लागि उक्त कोषमा सहयोग गरिएको बताइएको छ । विभिन्न विपत्तिमा बैंकले विगतदेखि नै सहयोग गर्दै आएको छ ।