काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सूर्यप्रसाद अधिकारीको राजीनामा स्वीकृत गरेको छ ।
कम्पनीको चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले वैशाख १ गतेदेखि लागू हुने गरी अधिकारीको राजीनामा स्वीकृत गरेको जानकारी दिएको हो । सीईओ अधिकारीले व्यक्तिगत तथा घरायसी कारण देखाई गत फागुन १ गते राजीनामा दिएका थिए ।
सीईओको राजीनामा स्वीकृतीसँगै कम्पनीको दैनिक कार्यसञ्चालन एवम् आयोजना सञ्चालनका लागि सञ्चालक समितिको बैठकबाट निर्णयबाट काम अघि बढ्ने जानकारीसमेत कम्पनीले दिएको छ ।
सोही बैठकबाट कम्पनीले सिंकोस हाइड्रोपवार प्रालिको सदस्यमा कम्पनीको तर्फबाट एक जना सदस्य सिफारिस गर्ने निर्णयसमेत गरेको छ । कम्पनीको ५१ प्रतिशत शेयर स्वामित्व रहेको उक्त कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्न कम्पनीको तर्फबाट सञ्चालक बिदुर अधिकारीलाई चयन गर्ने निर्णय कम्पनीले गरेको छ ।