काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बेष्ट फाइनान्स कम्पनी लिमिटेडको संस्थापक समुहतर्फको हकप्रद शेयर सूचीकृत भएको छ ।
कम्पनीको ३ लाख ५६ हजार ७४ दशमलव ५७ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अब यो शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।
कम्पनीले यसअघि हकप्रद शेयर बिक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक शेयर बाँडफाँट भएर बाँकी रहेको ३ लाख ५६ हजार ७४ दशमलव ५७ कित्ता संस्थापक शेयर असार ४ गतेदेखि लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही शेयर कम्पनीले सूचीकृत गराएको हो ।