काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आफ्नो पूँजी संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले हाल कायम संस्थापकतर्फको ६१ दशमलव ४२ प्रतिशत र सर्वसाधारणतर्फको ३८ दशमलव ५८ प्रतिशत शेयर स्वामित्व परिवर्तन गर्न लागेको हो ।
कम्पनीले अब संस्थापकतर्फ ५१ दशमलव ४२ प्रतिशत र सर्वसाधारणतर्फ ४८ दशमलव ५८ प्रतिशत शेयर स्वामित्व कायम गर्नेछ ।
कम्पनीले शेयर स्वामित्व परिवर्तन गर्ने प्रस्ताव गत कात्तिक १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ ।