काठमाडौं। नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘बजाज ग्रान्ड कार्निभल’ योजना ल्याएको छ । मंगलवारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको बजाज ग्रान्ड कार्निभलमार्फत ग्राहकले २० भन्दा धेरै भ्यालुयटर्सबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन, अन द स्पट फाइनान्स तथा नि:शुल्क असेसोरिज पाउने कम्पनीले जानकारी दिएको छ ।
साथै यसअघि मोटरसाइकल खरीद गर्दा हुने झन्झटिलो प्रक्रिया घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आयस्रोतको सर्टिफिकेट लगायतका विभिन्न कागजात आवश्यकतालाई यो योजनाले सरल बनाउने बताइएको छ । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै ऋण पास गरेर ९ दशमलव ९९ प्रतिशत ब्याजदरमै सरल फाइनान्समार्फत यो सुविधा पाउन सक्ने बताइएको छ । आगामी आइतवारसम्म चल्ने मेलामा ग्राहकका लागि गेम जोन, टेस्ट राइड पनि रहेको बताइएको छ ।