काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रिय कार्यालयको भवन निर्माणका लागि जग्गा खरीद गर्ने निर्णय गरेको छ ।
फागुन १ गते विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौं महानगरपालिका वडा नम्बर ४, बालुवाटारमा १ रोपनी ११ आना शून्य पैसा २ दाम (८६२.९९ व.मि) को जग्गा खरीद गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय स्तरको यस कम्पनीले हाल ६१ जिल्लामा १४५ ओटा शाखा कार्यालयमार्फत २ लाख ६३ हजारभन्दा बढी विपन्न परिवारमा सेवा प्रदान गरिरहेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ८ करोड रुपैयाँभन्दा बढी खुद नपाmा गरेको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोषमा १ अर्ब ७२ करोड रुपैयाँभन्दा बढी रकम कायम छ ।
हाल कम्पनीको चुक्तापूँजी भने १ अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँ छ ।