काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो कारोबारको लागि रू. ८६ दशमलव ७८ देखि २६० दशमलव ३४ओपन रेञ्ज पाउने देखिएको छ ।
कम्पनीको आव २०७७/७८ को वास्तविक प्रतिशेयर नेटवर्थ रू ८६ दशमलव ७८ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो ।
नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही आधारमा कम्पनीको आईपीओले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको शेयर सूचीकरण प्रक्रियामा रहेको छ ।
कम्पनीको आईपीओ चैत ३ गते बाँडफाँट भएको थियो । ८ हजार ९५ जना सर्वसाधारण आवेदकले १० कित्ताका दरले शेयर हात पारेका छन् । आईपीओका लागि कुल १४ लाख ५९ हजार २७८ जना आवेदकले १ करोड ५७ लाख १६ हजार ७६० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीले सर्वसाधारणका लागि फागुन १८ गतेदेखि २३ गतेसम्म ८० हजार ९५० कित्ता आईपीओ विक्री खुला गरेको थियो ।