काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते पाँचौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा ललितपुरको जावलाखेलस्थित होटल ले बगैचाको सभाहलमा उक्त दिन बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।