काठमाडौं। नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पुस १० देखि १६ गतेसम्म नक्सालस्थित बाइकर्स क्याफेमा विशेष ‘बजाज फाइनान्स मेला २०२४’ आयोजना गर्न लागेको छ । यो मेलाले ग्राहकलाई बजाज मोटरसाइकल खरीद गर्न थप सहज बनाउने उद्देश्य राखेको बताइएको छ ।
फाइनान्स मेलामा सेवा शुल्क शून्य रहने र अन्य कुनै अतिरिक्त शुल्क नहुने कम्पनीले बताएको छ । त्यसैगरी ९ दशमलव ९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, ३६ महीनासम्मको लचिलो किस्ताबन्दी योजना र १ घण्टाभित्रै ऋण स्वीकृत हुनेजस्ता विशेष सुविधा पनि उपलब्ध हुने बताइएको छ । प्रत्येक खरीदमा ग्राहकले नि:शुल्क एक्सेसरीसमेत प्राप्त गर्नेछन् ।
बजाज मोटरसाइकलका कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले ग्राहकको सहजता र खुशीलाई प्राथमिकतामा राख्दै कम्पनीले फाइनान्स मेला २०२४ ल्याएको बताए । बजाज मोटरसाइकलका ग्राहकका लागि फाइनान्स मेला एक सुनौलो अवसर हुने उनको भनाइ छ । कार्यक्रममा सहभागी भई यी विशेष अफरको लाभ उठाउन ग्राहकलाई कम्पनीले आग्रह गरेको छ ।