काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस ६ गतेको साधारणसभाले पारित गरेको २० प्रतिशत नगद लाभांश करसहित सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ ।
कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २१ गते बुक क्लोज गरेको थियो । यस आधारमा मंसिर २० गतेसम्म कायम शेयरधनीको बैंक खातामा पठाएको कम्पनीले जनाएको छ ।
कम्पनीले शेयरधनीको सम्बन्धित बैंक खातामा पुस ६ गतेदेखि नै लाभांश जम्मा गराइएको जनाएको छ ।
हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका र डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई शेयर अभौतिकीकरण र अद्यावधिक गर्न समेत आग्रह गरेको छ ।
शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।