काठमाडौं । नेपाल धितोपत्र बोर्डको आईपीओ निष्कासन पाइपलाइनमा पछिल्लो समय दुई कम्पनी थपिएका छन् । प्रभु हेलिकप्टर लिमिटेड र माउन्टेन ग्लोरी लिमिटेडले बोर्डमा आईपीओ निष्कासनका लागि पछिल्लो समय आवेदन दिएका हुन । माउन्टेन ग्लोरी लिमिटेडले चैत २६ गते बोर्डमा ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता आईपीओ निष्कासनका लागि निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड रहेको छ । होटल तथा पर्यटन समूह अन्तर्गत रहने यस कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।
त्यस्तै अन्य समूह अन्तर्गत रहने गरी प्रभु हेलिकप्टर लिमिटेडले चैत २० गते ६१ करोड २५ लाख रुपैयाँ बराबरको ६१ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो । यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।