काठमाडौं। क्रिमसन टेक प्रालि इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२४ को विजेता बनेको छ । क्रिमसन टेक इन्ड्राइभ आइसिटी अवार्ड २०२४ अन्तर्गत इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्डको विजेता बनेको हो । आइसिटी अवार्डसँग शीर्ष प्रायोजकको रूपमा सहकार्य गर्न पाउँदा गौरवान्वित भएको इन्ड्राइभले जानकारी दिएको छ । आइसिटी अवार्डले सन् २०१६ देखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्दै आएका स्टार्टअप, व्यक्ति र संस्थालाई प्रोत्साहन तथा सम्मान गर्दै आएको बताइएको छ ।
इन्ड्राइभका एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले इन्ड्राइभले आईसीटी क्षेत्रमा स्टार्टअपका लागि पहिचान र सशक्तीकरणको महत्त्व बुझ्ने र अन्तरराष्ट्रिय मञ्चमा उनीहरूका उपलब्धीलाई प्रकाश पार्ने कार्यक्रममा योगदान दिन पाउँदा गर्व महसूस गरेको बताइन् । आईसीटी अवार्ड २०२४ का अध्यक्ष राजन लम्सालले प्रविधिको उन्नतिप्रतिको इन्ड्राइभको प्रतिबद्धता, आईसीटी सेक्टरमा नवीन स्टार्टअपलाई पहिचान तथा उत्थान गर्ने लक्ष्य र आईसीटीको लक्ष्य पूर्णरूपमा मेल खाने बताए ।