काठमाडौं। नेपाल एसबिआई बैंकले नेपालगञ्ज उपमहानगरपालिका–२ सुर्खेत रोड, नेपालगञ्जस्थित लुम्बिनी प्रदेश कार्यालय सिद्धार्थनगर नगरपालिका–८, नारायणपथ भैरहवामा स्थानान्तरण गरेको छ । प्रदेश कार्यालयको उद्घाटन बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (नियुक्त) रामकुमार तिवारीे, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीको उपस्थितिमा गरेका थिए ।
हाल यस बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, सात प्रादेशिक कार्यालय, एक कर्पोरेट अफिस, १२२ एटिएमबाट आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।