काठमाडौं। कमर्सियल भेहिकल्स र दिगो मोबिलिटी सोलुसन्स फोटोन मोटरले सिन्धुलीको बर्दिबासमा ‘फोटोन माउन्टेन ईभी’को आधिकारिक शोरूम सञ्चालनमा ल्याएको छ । यो इलेक्ट्रिक पिकअप नेपाल जस्तो विविधतायुक्त र चुनौतीपूर्ण भूभागका लागि विशेष रूपमा डिजाइन गरिएको बताइएको छ । यसको आकर्षक मोडेलले फोटोनको एनोभेसन, दिगोपन र नेपालको सडक तथा भौगोलिक अवस्थाका लागि आवश्यक पर्ने हाइपर्फर्मेन्स सोलुसन्स प्रदान गर्ने बताइएको छ ।
नेपाल सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकता दिइरहेको बेला फोटोन माउन्टेन ईभीको शुरुआत हुनु कार्बन उत्सर्जन र इन्धन निर्भरता घटाउने दिशामा एक महत्त्वपूर्ण कदम रहेको बताइएको छ । सुरक्षा, दक्षता र कार्यसम्पादनको उच्चतम विश्वव्यापी मापदण्ड पालना गर्ने अत्याधुनिक ईभी सार्वजनिक गरेर स्वच्छ ऊर्जा समाधानमा नेपाललाई सघाउन फोटोन प्रतिबद्ध रहेको बताइएको छ ।
फोटोन मोटरका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ताले दिगो एनोभेसनप्रति कम्पनीको रणनीतिक दृष्टिकोण र समर्पणमा जोड दिए । उनले भने, ‘विकसित हुँदै गरेको नेपालको यातायात क्षेत्रलाई कार्यसम्पादन, दिगोपन र विश्वसनीयतालाई एकीकृत गर्ने सोलुसन्सको आवश्यकता पर्दछ, फोटोन माउन्टेन त्यसका लागि प्रभावकारी छ ।’ फोटोनलाई नेपालमा एमएडब्लू वृद्धि कमर्सियलले आपूर्ति गर्दै आएको छ ।