काठमाडौं । भारतको होम अप्लायन्स निर्माण कम्पनी बर्ली होम अप्लायन्सले सोमवार काठमाडौंमा आधिकारिक रूपमा आफ्ना एयर कुलरका १७ मोडल सार्वजनिक गरेको छ ।
सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम अप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले संयुक्त रूपमा यी उत्पादन सार्वजनिक गरेका हुन् । एकसाथ १७ एयर कुलरका मोडल सार्वजनिक गर्न पाउनु महत्त्वपूर्ण उपलब्धि रहेको बर्लीले बताएको छ ।
बर्लीका उत्पादन प्रयोगमैत्री डिजाइन र सुपथ मूल्य सुविधाका कारण ग्राहकमा परिचित रहेको कम्पनीको भनाइ छ । यी उत्पादनले ग्राहकको आवश्यकता पूरा गर्न उपयुक्त विकल्प दिने कम्पनीको अपेक्षा छ ।
समुचित वितरण प्रणाली र उत्कृष्ट ग्राहक सेवा सुनिश्चित गन बर्लीले सीजी इलेक्ट्रोनिक्सलाई नेपालका लागि आधिकारिक एकल वितरक नियुक्त गरेको बताइएको छ । यो साझेदारी बर्ली र सीजी इलेक्ट्रोनिक्सबीचको सहकार्यको शुरुआतको प्रतीक रहेको भन्दै कम्पनीले भविष्यमा थप विस्तार र सुदृढ गर्ने योजना रहेको बताइएको छ ।