काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको असार १२ गते बसेको सञ्चालक समिति बैठकले शत प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनीले उक्त हकप्रदको प्रस्ताव आगामी साधारण सभामा पेस गर्न र पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोगसमक्ष अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
विद्युत नियमन आयोगले पूर्वस्वीकृति दिएपछि कम्पनीले हकप्रद ल्याउन थप प्रक्रिया अगाडि बढाउनेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. ५३ करोड ५८ लाख छ । शत प्रतिशत हकप्रद शेयर निष्कासनपश्चात पूँजी रू. १ अर्ब ७ करोडभन्दा बढी पुग्नेछ ।