काठमाडौं । बुधवार धितोपत्र दोस्रो बजारमा ५ अर्ब ८ करोड ३५ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको छ ।
उक्त रकम बराबरको १ करोड ७१ लाख ३४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । मंगलवार दुई पटक सकारात्मक सर्किट लागेर अन्तिममा सम्हालिएको बजारमा ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँभन्दा बढीको १ करोड १६ लाख ४५ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।
बुधवार मंगलवारको तुलनामा कारोबार रकम बढेको छ । कुल कारोबार रकममा सर्वाधिक हिस्सा मञ्जुश्री फाईनान्स लिमिटेडले ओगटेको छ । कम्पनीको २३ करोड १ लाख रुपैयाँभन्दा बढीको ३ लाख ९७ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो ।
सर्वाधिक रकमको शेयर कारोबार भएको कम्पनीको शेयर मूल्य पनि यो दिन ९ दशमलव ९६ प्रतिशतले बढेको छ । प्रतिकित्ता ५३ रुपैयाँ ९० पैसाले बढेर कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५९४ रुपैयाँ ९० पैसा कायम भएको छ ।
मंगलवारको तुलनामा बुधवार नेप्से परिसूचक ३ दशमलव ७९ अंकले माथि उक्लिएर २ हजार १०४ दशमलव २२ विन्दुमा बन्द भएको छ । यो दिन २ हजार ७६ दशमलव ९५ विन्दुसम्म बजार झरेको थियो । सामान्य अंकले बढेको बजारमा चार कम्पनीको शेयर मूल्य उच्च दरमा बढेको छ ।
मञ्जुश्री फाईनान्ससँगै सेन्ट्रल फाइनान्स, आइसिएफसी फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको शेयर मूल्य उच्च दरमा बढेको हो । यो दिन सेन्ट्रल फाइनान्सको शेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता ४७ रुपैयाँ ९० पैसाले बढेर अन्तिम मूल्य ५२६ रुपैयाँ ९० पैसा पुगेको छ ।
त्यस्तै आइसिएफसी फाइनान्सको शेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता ५६ रुपैयाँ ६० पैसाले बढेर अन्तिम मूल्य ६२२ रुपैयाँ ६० पैसा कायम भएको छ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत अर्थात् प्रतिकित्ता ४३ रुपैयाँ ७० पैसाले बढेर अन्तिम मूल्य ४८१ रुपैयाँ ७० पैसा कायम भएको छ ।
यो दिन व्यापारिक र वित्त समूहको परिसूचक ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । व्यापारिक समूहको ६ दशमलव १२ प्रतिशत र वित्त समूहको ६ दशमलव शून्य ४ प्रतिशत परिसूचक बढेको हो । त्यस्तै विकास बैंकको २ दशमलव ७१ प्रतिशत, बैंकिङको शून्य दशमलव ६३ प्रतिशत, लगानीको शून्य दशमलव १८ प्रतिशत परिसूचक बढेको जानकारी नेप्सेले दिएको छ ।
यो दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १ दशमलव शून्य ७ प्रतिशत घटेको छ । होटल तथा पर्यटन समूहको शून्य दशमलव १९ प्रतिशत परिसूचक घटेको यो दिन जलविद्युतको शून्य दशमलव ६८ प्रतिशत, जीवन बीमाको शून्य दशमलव २५ प्रतिशत, लघुवित्तको शून्य दशमलव १४ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव २३ प्रतिशत, अन्यको शून्य दशमलव ६७ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य ९ प्रतिशत परिसूचक घटेको छ ।
बुधवार दोस्रो बजारको कुल पूँजीकरण ३३ खर्ब ३६ अर्ब ६७ करोड ९८ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । मंगलवारको तुलनामा बुधवार कुल बजार पूँजीकरण ६ अर्ब रुपैयाँभन्दा बढीले मात्र वृद्धि भएको हो । मंगलवार कुल बजार पूँजीकरण ३३ खर्ब ३० अर्ब ६६ करोड रुपैयाँभन्दा बढी थियो ।