काठमाडौं। नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धि अटोकर्पले ‘इन्टेलिजेन्ट’ र लक्जरियस इलेक्ट्रिक एसयूभी ‘दिपल एस–०७’ सार्वजनिक गरेको छ । यसको ट्यागलाइन ‘टच द फ्युचर’ले सुझाए जस्तै नयाँ दिपल एस–०७ मा नेपाली अटोमोबाइलमा पहिलो पटक प्रयोग भएका दर्जनौं फिचर रहेको कम्पनीको दाबी छ ।
दिपल एस–०७ मा ईभी डेडिकेटेड ‘इपीए१ प्ल्याटफर्म’ र ‘रियर ह्विल ड्राइभ सिस्टम’ रहेको कम्पनीले बताएको छ । आइतवार नेपालका लागि चिनियाँ राजदूत सेन सङ, चांगान अटोका डिपुटी जनरल म्यानेजर गुआन सिन, एमएडब्ल्यू ग्रुपका कार्यकारी निर्देशक विष्णु अग्रवाल र एमएडब्ल्यू वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा गाडी सार्वजनिक गरेका हुन् । एमएडब्ल्यू ग्रुपका कार्यकारी निर्देशक अग्रवालले दिपल एस०७ ईभी मात्र नभएर नेपालमा इलेक्ट्रिक मोबिलिटीको भविष्य कस्तो हुन सक्छ भन्ने दृष्टान्त समेत भएको बताए । आकर्षक ६ कलरमा उपलब्ध यसको शुरुआती मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।