काठमाडौं । सात लघुवित्त कम्पनी र एक विकास बैंक गरी आठ कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारण सभा चैत मसान्तभित्र गर्ने जानकारी गराएका छन् ।
धौलागिरी लघुवित्त वित्तीय संस्था, राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकले बिहीवार नेप्सेमा सूचना जारी गर्दै वार्षिक साधारण सभा चैत मसान्तसभित्र गर्ने जानकारी दिएका छन् ।
यी कम्पनीहरुमध्ये कतिपय कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण हुन बाँकी रहेको छ भने कतिपय कम्पनीले लेखापरीक्षण गरी भर्खर राष्ट्र बैंकसमक्ष पेश गरेकाले साधारण सभामा ढिलाइ हुने बताएका छन् । यी कम्पनीहरूले वार्षिक साधारण सभा चैत मसान्तसम्म गरिसक्ने जानकारी दिएका छन् ।
नेपाल राष्ट्र बैंकको नियमावलीमा बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्ने प्रावधान छ । सोहीअनुसार पुस मसान्त नजिकिएसँगै कम्पनीहरूले नेप्सेमार्फत सूचना जारी गर्दै साधारण सभामा ढिलाइ हुने जानकारी दिएका हुन् ।