काठमाडौं। काठमाडौंमा सम्पन्न ‘कजारिया टाइल्स नेपाल चेम्बर अफ कमर्स एक्स्पो २०२५’मा कजारिया रमेश टाइल्स लिमिटेडले आफ्नो उत्कृष्ट सहभागिता प्रस्तुत गरेको बताइएको छ । नेपाल चेम्बर अफ कमर्सले गत बिहीवारदेखि आइतवारसम्म आयोजना गरेको उक्त एक्स्पोमा विभिन्न कम्पनीका उत्पादन र आविष्कार प्रदर्शन गरिएको बताइएको छ ।
कजारिया रमेश टाइल्स एक्स्पोमा स्टलमार्फत उच्च गुणस्तर र आकर्षक डिजाइनका टाइल्स प्रदर्शनमा राखेको थियो । एक्स्पोमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत कजारिया रमेश टाइल्सको स्टलसहित विभिन्न स्टलको अवलोकन गरेको बताइएको छ ।
कम्पनीका निर्देशक सञ्जय अग्रवालले प्रतिष्ठित कार्यक्रमको हिस्सा हुन पाउँदा गर्व गरेको बताए । उनले भने, ‘हाम्रो लक्ष्य गुणस्तर, शैली र उचित मूल्यको संयोजन गर्दै नेपालमा विश्वस्तरीय टाइल्स ल्याउनु हो ।’
रमेश कर्प र भारतको अग्रणी टाइल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजारिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेको छ । नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५ लाख २० हजार वर्गमिटर टाइल उत्पादन गर्ने लक्ष्य राखेको बताइएको छ ।
४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजरिया टाइल्स उपलब्ध गराउने कम्पनीको भनाइ छ । यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उकास्दै रोजगारीका अवसर प्रदान गर्ने तथा स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउने अपेक्षा गरिएको छ ।