काठमाडौं । अरुण काबेली पावर लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले दोस्रो त्रैमाससम्ममा रू. ५ करोड ८९ लाख नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनी रू. ३१ करोड ५ लाख घाटामा थियो ।
चालू आवमा कम्पनीले विद्युत विक्री बापत रू. ३३ करोड ७७ लाख आम्दानी गर्न सफल भएकाले नाफामा गएको हो ।
चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ०३ पैसा, मूल्य आम्दानी अनुपात ७७ दशमलव ३४ गुणा र प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ९० पैसा रहेको छ ।
कम्पनीको चुक्ता पूँजी रू.३ अर्ब ८९ करोड रहेको छ । जगेडा कोष भने रू. १२ करोड ८ लाख ऋणात्मक रहेको छ ।