चितवन। चितवन केरा उत्पादक संघको अध्यक्षमा घननाथ महतो चयन भएका छन् । संघको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले महतोको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा शंकरप्रसाद सुवेदी, प्रथम उपाध्यक्षमा जनकराज पन्त, द्वितीय उपाध्यक्षमा विवेक दाहाल, महासचिवमा टंकप्रसाद लामिछाने, सचिवमा रामचन्द्र दुवाडी, कोषाध्यक्षमा चिरञ्जीवी सापकोटा र सदस्यहरूमा विष्णुप्रसाद भट्टराई, निर्मल भट्टराई, रामबहादुर गुरुङ, श्यामबहादुर देवकोटा, शिवकान्त न्यौपाने चयन भएका छन् । त्यस्तै लेखा समितिको संयोजकमा पुण्यप्रसाद देवकोटा, सदस्यहरूमा गणेश दाहाल र मन्जु दाहाल चयन भएका छन् । सर्वसम्मत निर्वाचित पदाधिकारी, सदस्य तथा लेखा समिति संयोजक तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिएको छ ।