चितवन। नेपालका लागि एमजी मोटर्सको आधिकारिक विक्रेता प्यारामाउन्ट मोटर्सले विद्युतीय सवारीसाधन (ईभी) एमजी एस५ आधिकारिक रूपमा सार्वजनिक गरेको छ, जसले ईभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य राखेको बताइएको छ । एमजी जेडएस ईभीको उत्तराधिकारीका रूपमा प्रस्तुत गरिएको एमजी एस५ ईभी अत्याधुनिक प्रविधि, सुधारिएको प्रदर्शन र आधुनिक विद्युतीय सवारीसाधन पारखीका लागि उत्कृष्ट विशेषताका साथ आएको दाबी गरिएको छ ।
सो अवसरमा चितवनका लागि एमजीको आधिकारिक विक्रेता युनाइटेड अटो कन्सर्नले एमजी एस ५ ईभीको टेष्ट ड्राइभ खुला गरेको छ । एमजी एस ५ ईभी नेपालमा कम्फर्ट र डिलक्स दुई भेरियन्टमा उपलब्ध रहेको बताइएको छ । दुवै भेरियन्टमा ४९ किलोवाट प्रतिघण्टा ब्याट्री र शक्तिशाली ९९ किलोवाट मोटर जडान गरिएको र जसले अधिकतम २५० न्यूटन मिटर टर्क उत्पन्न गर्न सक्ने बताइएको छ । एमजी एस५ ईभीको शुरुआती मूल्य ४३ लाख ९९ हजारदेखि ५४ लाख ९९ हजार रुपैयाँसम्म रहेको बताइएको छ ।